site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो । 

एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यो दिनसम्म मागअनुसारको आवेदन नपरेमा कम्पनीको एफपीओमा आवेदन दिने अवधि २६ गतेसम्म थप गरिनेछ । 

कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 

तर, बोर्डले तीन वर्षपछि गत असोज २९ गते मात्र एफपीओ निष्कासन अनुमति दिएको थियो । 

यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । 

कम्पनीको एफपीओमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिट (सीडीएससी)ले तयार गरेको मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । 

यसबाहेक मुक्तिनाथ क्यापिटलको कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro