site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिले नै सरकारलाई गलहत्त्याउने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै गलहत्त्याउने पक्षमा आफूहरू नरहेको बताएका छन् । सरकारलाई तत्काल हटाउन आफूहरूले खबरदारीसभा नगरेको उनले दोहोर्‍याए ।

शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारीसभामा उनले सडकबाट सरकार फेर्ने भन्ने नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वलाई परेको भए त्यो भ्रम मात्र हुने पनि बताए । ढुक्कसँग सरकार चलाए हुने उनको भनाइ थियो ।

उनले कांग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, बिचौलियाको पार्टी भएको आरोप लगाए । अब प्रधानमन्त्री, मन्त्री बनाउनका निम्ति फकाउन आउने पक्षमा नरहेको उनले बताए ।

बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण नगर्न, संविधानको रक्षा गर्दै समृद्धिका पक्षमा काम गराउन आफूहरूले सरकारलाई खबरदारी गरेको उनले जिकिर गरे । त्यसमा तलमाथि भए सैह्य नहुने उनले बताए ।

अध्यक्ष प्रचण्डले आउँदो निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गरे । कांग्रेस र एमालेजस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उनको भनाइ थियो ।

आफ्नो पार्टीले आउँदो निर्वाचनमा एक्लै चुनाव लडेर कांग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको उनले बताए ।

माओवादी धारका अरू राजनीतिक दलहरूसँग एकता गरेर आफ्नो पार्टी आउँदो निर्वाचनमा जाने तयारी गरेको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro