site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
काव्यचित्र सिर्जना शिविर सम्पन्न

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र एपेक नेपालको संयुक्त आयोजनामा सम्पन्न ‘काव्यचित्र सिर्जना शिविर’मा १५ कविका कवितामाथि १५ चित्रकारले कविता कोरे । 

शुक्रबार बिहान ८ बजेदेखि संचालित कार्यशालामा कविहरू विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह साय्मि, किशोर पहाडी, गीता कार्की, मोमिला जोशी, रजनी ढकाल, मणि लोहनी, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल र दीप दर्पणले कविता रचना गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कविहरूद्वारा रचना गरिएका कवितामाथि चित्रकारहरू क्रमशः दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगंगा दर्शनधारी, सन्तोष राई, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, संजय वान्तवा, किरण मानन्धर, रमेशनाथ खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, केके कर्माचार्य र सुन्दर लामाले चित्रकला सिर्जना गरे । करिब ६ घन्टामा कविता लेखेर सोही कवितामाथि चित्र कोर्ने उक्त कार्यक्रममा भएको थियो ।

कवितामाथि चित्रकलाको सिर्जनापछि चित्रकलाको छविचित्र प्रस्तुत गर्दै कविहरूले आ–आफ्ना कविता वाचन गरे । र, वाचित कविताको प्रति सम्बन्धित चित्रकारलाई हस्तान्तरण गरे ।

प्रतिष्ठानका प्राज्ञ एवम् काव्यचित्र सिर्जना उत्सव कार्यक्रमका संयोजक संजय वान्तवाले कार्यक्रमका बारेमा बताए ।  

कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले विगत तीन महिनाको प्रयास र मिहिनेतको परिणाम राम्रो भएको उल्लेख गर्दै केही समयपछि उक्त १५ वटा काव्यचित्रको प्रदर्शनी गरिने बताए ।

नेपाली साहित्यको समृद्धिका लागि नित नवीन र विविध कार्यक्रमहरू गर्दै जाने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्