site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारप्रति जनताको आशा र भरोसा रहेको शेखर कोइरालाको दाबी
फाइल तस्बिर ।

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको जिकिर गरे ।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको पनि बताए ।

अर्को प्रसंगमा उनले नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने धारणा राखे । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro