site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पोर्टा प्रागको पोस्टमा सिटीको पाँच गोल

काठमाडौं । नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा स्पोर्टा प्रागविरुद्ध ५–० को जित निकालेको छ । बुधबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा सिटीलाई जित दिलाउन हाल्यान्डले दुई र फिल फोडेन, जोन स्टोनस र म्याथ्युस नुनेजले समान एक गोल थपे ।

खेलको तेस्रो मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए । ५८औँ मिनेटमा हाल्यान्डले सिटीको अग्रता दोब्बर बनाए । ६४औँ मिनेटमा स्टोनसको गोलमा सिटीले अग्रतालाई ३–० को अग्रतामा राखेका थिए । त्यसको चार मिनेटपछि हाल्यान्डले टिमबाट चौथो गोल गरे । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा नुनेजले गोल गरेपछि सिटीले घरेलु समर्थकमाझ ५–० को जित पक्का गरेको हो ।

जितसँगै तीन खेलबाट सात अंक जोडेको सिटी पहिलो चरणको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको प्राग तालिकाको २१औँ स्थानमा छ ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति नै भएका अरू खेलमा फ्रेन्च क्लब लिलले एट्लेटिको मड्रिडविरुद्ध ३–१ को जित निकाल्यो । फेयेनोर्डले पनि बेन्फिकाविरुद्ध ३–१, लिभरपुलले आरबी लाइपजिगविरुद्ध १–० र इन्टर मिलानले पनि योङ ब्वाइजविरुद्ध १–० को जित निकाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro