site stats
बाह्रखरी :: Baahrakhari
देश
वडाध्यक्ष यादवको हत्याका दुई आरोपी जेल चलान
प्रतीकात्मक तस्बिर ।

जलेश्वर (महोत्तरी) । महोत्तरीस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुईजनालाई  महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए ।  

Argakhachi Cement Island Ad

जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास–औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जाँच गर्नुका साथै हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो । रासस

 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्