site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा आयात र निर्यात घट्यो, व्यापार घाटा साढे तीन खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपालको आयात–निर्यातमा नै कमी आएको छ । भन्सार विभागका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको हो ।

गत वर्षको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ ।

त्यसैगरी, नेपालबाट विदेशी मुलुकमा चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

पछिल्लो तीन महिनाको नेपालको अन्य मुलुकसँगको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तीन महिनाको तुलनमा भने व्यापार घाटा ३.९६ प्रतिशतले कमी आएको हो । गत वर्षको तीन महिनामा नेपालको व्यापारघाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro