site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनविहीनताको अवस्था राख्न हुँदैन, अध्यादेश ल्याउँछु भनेको छैन : प्रधानमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ल्याउन खोजेको विषय हल्लामात्रै भएको बताएका छन् । बुधबार बिहान सत्ता गठबन्धन दलको बैठकमा ओलीले दल विभाजन कानुन विहीनताको अवस्थामा राख्न नहुने पक्षमा भने आफू रहेको बताएका छन् । 

“दल विभाजनसम्बन्धी कानुन विहीनताको अवस्थामा राख्नुहुँदैन । कानुन त ल्याउनुपर्छ नै । मैले प्रधानमन्त्रीको तर्फबाट अध्यादेश ल्याउँछु भनेको छैन । हल्ला चलाइयो,” प्रधानमन्त्रीले ओलीले बैठकमा भनेका छन् ।

Argakhachi Cement Island Ad

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दल पनि त्रासमा देखिएका थिए । नेपाली कांग्रसले नमान्दा दल विभाजनसम्बन्धी अध्यादेश टरेको चर्चा पनि भएको थियो ।

अहिले दल विभाजनसम्बन्धी कानुन निष्क्रिय छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नियमावलीमा टेकेर विभाजन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्