site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस, एमाले र माओवादीका दुईचारजना सहकारी ठगीमा तनिए भनेर रोइलो नगरौँ : विश्वप्रकाश शर्मा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस, एमाले र माओवादीका केही नेता सहकारी ठगीमा तानिए भनेर चिन्ता जाहेर नगर्न सम्बन्धित पार्टीलाई आग्रह गरेका छन् । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने तानिएपछि कांग्रेस र एमालेमा ठगीको आरोप लागेकाहरू कहिले समातिन्छन् भन्ने बहस चलिरहेको छ । त्यसमा सम्बन्धित पार्टीका केही व्यक्तिहरू ठगी आरोप लागेकोहरूका तर्फबाट प्रतिवादमा उत्रिएपछि त्यस्तो नगर्न महामन्त्री शर्माले आह्वान गरेका हुन् । 

उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पनि कोही अमुक व्यक्ति जेल जाने भयो भन्दैमा जग नहसाउन आग्रह गरेका छन् । 

“कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ,” शर्माले सामाजिक संजालमार्फत भनेका छन्, “अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ, सडक विलापको जगहँसाई नगरौँ ।” 

उनले दोषीमाथि कारबाही र बचतकर्ताको रकम फिर्ता राष्ट्रिय आवश्यकता बनिसकेको भन्दै त्यसलाई कसैले रोक्ने प्रयास नगर्न आग्रह गरेका छन् । “स्पष्ट हौँ, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो,” उनले लेखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro