site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डर्टमन्डविरुद्ध घरेलु मैदानमा रियालको रवाफ, भिनिसियसको ह्याट्रिकमा पुनरागमन जित 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियाल मड्रिडले साविक उपविजेता बोरुसिया डर्टमन्डविरुद्ध २–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको छ ।

रियालले मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा पहिलो हाफमा २–० ले पछि परेको स्थिति उल्ट्याउँदै ५–२ को जित निकालेको हो । रियालले पाँचै गोल दोस्रो हाफमा गर्यो । रियालको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे । 

Dabur Nepal
NIC Asia

खेलको ३०औँ मिनेटमा डोन्यल मलेनले गोल गर्दै पाहुना टिमलाई अग्रतामा राखेका थिए । त्यसको चार मिनेटपछि जेमी बाइनोइ–जिटेन्सले डर्टमन्डको अग्रता दोब्बर बनाए । डर्टमन्डले खेलको ५९ मिनेटसम्म २–० को अग्रता बनाएको थियो । 

६०औँ मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै रियाललाई २–१ को अवस्थामा ल्याए । त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरको गोलमा रियाल खेलमा फर्कियो । ८३औँ मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियाललाई ३–२ को अग्रतामा राखे । यस्तै, ८६औँ मिनेटमा भिनिसियसको गोलमा रियालले अग्रतालाई ४–२ मा राखेको थियो । इन्जुरी समयमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रियालले ५–२ को सानदार पुनरागमन जित निकालेको हो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको रियाल च्याम्पियन्स लिग पहिलो चरणको नवौँ स्थानमा छ । रियाल यसअघि फ्रेन्च क्लब लिलसँग पराजित भएको थियो । समान खेलबाट ६ नै अंक जोडेको डर्टमन्ड भने तालिकाको पाँचौं स्थानमा छ । 

मंगलबार राति नै भएका अन्य खेलमा आर्सनलले सख्तर डोनेस्कलाई १–० ले, एस्टोन भिल्लाले बोलोग्नालाई २–० ले र भीएफबी स्टुटगार्टले युभेन्ट्सलाई १–० ले पराजित गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro