site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा १८.९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब १४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी भने १५.२४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ब्याज आम्दानीबाट पाँच अर्ब ९१ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ब्याज आम्दानीबापत ६ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Dabur Nepal
NIC Asia

बैंकले तीन महिनाको अवधिमा दुई खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको कर्जा लगानी ६.१८ प्रतिशतले र निक्षेप संकलन १० प्रतिशतले वृद्धि भएको हो ।

बैंकको सञ्चालन मुनाफा २६.५३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ९७ पैसा बढेर २४ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

बैंकको खराब कर्जा भने ०.७९ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकको खराब कर्जा २.८४ प्रतिशत थियो भने चालु वर्षको सोही अवधिमा ३.६३ प्रतिशत छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro