site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अझै स्वीकृत भएन स्वास्थ्य बिमा बोर्डका अध्यक्षको राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुझाएको राजीनामा ३५ दिन बितिसक्दा पनि सरकारले कुनै निर्णय गरेको छैन । डा. लोहनीले भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामापत्र बुझाएका थिए ।
 
स्वाथ्यमन्त्रीको सचिवालयमा बुझाइएको पत्र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले असोज पहिलो साता नै मन्त्रिपरिषद्‌मा लगेका थिए । प्रक्रियाअनुसार नै मन्त्रिपरिषद्‌मा पेस गरे पनि हालसम्म कुनै निर्णय नआएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा. लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । बोर्ड र कार्यकारी कर्मचारीहरूबीचको बेमेलका कारण राजीनामा दिएको बताइए पनि राजीनामाको ठोस कारणबारे डा. लोहनीले अहिलेसम्म प्रष्ट बताएका छैनन् ।
 
बोर्डका यसअघिका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पनि कार्यकाल दुई वर्ष बाँकी छँदै स्वेच्छिक राजीनामा दिएका थिए । २०७७ साउन १९ गते बोर्ड अध्यक्ष नियुक्त भएका डा. उप्रेतीले दुई वर्ष कार्यकाल बाँकी रहँदै २०७९ माघ २५ गते राजीनामा दिएका थिए ।

उनको राजीनामा पनि मन्त्रिपरिषद्ले डेढ महिनापछि २०७९ चैत १० गते मात्रै स्वीकृत गरेको थियो । त्यो समय बिमा बोर्ड आठ महिना अध्यक्षबिहीन बनेको थियो ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro