site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंक र अस्ट्रियाको युनिभर्सिटीबीच 'बिन प्रोजेक्ट'मा सहकार्य गर्ने सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बुइल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) प्रेजेक्टमा सहकार्य गर्ने सम्झौता गरेको छ । स्विच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिन प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धनका गर्ने समझदारी सम्पन्न भएको हो ।

समझदारीमा बैंकका ग्रिन एन्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक अस्ट्रियाको प्रतिनिधि तथा प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।

ग्लोबल आईएमई बैंकले दिगो आवास प्रवर्धन गर्न 'ग्रिन होम लोन' विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

ग्लोबल आईएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro