site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कसरी हुन्छ क्यूआर सिस्टमबाट कारबाही, अब लाइसेन्स बोक्नुपर्ने झन्झट सकिएकै हो ?

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिँदै अब प्रिन्टसहितको लाइसेन्स खल्तीमा बोक्नुपर्ने झन्झटबाट मुक्त गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गर्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा पूर्णडिजिटल प्रविधि लागु भएको घोषणा गरे ।

योसँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउँदा हुने भएको छ ।

Dabur Nepal
NIC Asia

नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ । नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान गर्दा चालकको विवरण ट्राफिक प्रहरीले प्रयोग गरेको स्मार्टफोनमा देखिने छ । सोही आधारमा ट्राफिक प्रहरीले गरेको जाँचका आधारमा चालकलाई छोड्नुपर्ने हुन्छ ।

यदि, सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा भने ट्राफिक प्रहरीको स्मार्ट फोनमा देखिएको विभिन्न कसुर अन्तर्गतमा छानेर जरिवाना हुने छ । उक्त जरिवानासहितको चिट नम्बर सवारी चालकको नागरिक एपमा सेन्ट हुन्छ । सोही चिटका आधारमा चालकले ई–पेमेन्ट गर्न मिल्ने छ ।

ट्राफिक कक्षा लिन भने सम्बन्धित कार्यालय नै पुग्नुपर्ने छ । कक्षा नलिुनपर्ने कसुरमा भने चालकले स्क्यानबाट रकम तिर्दा पुग्ने छ । कसुर क्लियर भएको सूचनासमेत नागरिक एपमार्फत नै जानकारी हुने छ । तर, कक्षा लिनु पर्ने अवस्थामा नलिँदासम्म कक्षाका लागि एपमार्फत नै जानकारी गराउने र कक्षा नलिँदासम्म ‘नोटिफिकेसन’ आइराख्ने छ ।

दोस्रो चरणमा भने ट्राफिक कक्षा लिनुपर्ने बाध्यतालाई पनि हटाएर अनलाइन कक्षा लिने गरी व्यवस्था गरिने उपत्यका ट्राफिक प्रहरीका प्रमुख डीआईजी भरतबहादुर बोहराले जानकारी दिए ।

हाल काठमाडौंउपत्यकामालागु गरिएको डिजिटल प्रविधि देशभर लागु गर्ने तयारी सरकारले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro