site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति ल्याउँदैछौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् । 

मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको बताए । 

उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्न सहरहरू व्यवस्थित गर्ने काममा आफू लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले सहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको बताए । 

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क चढ्न दिनेलगायत सरकारले गरेका राम्रा कामको प्रचारप्रसार कम भएको भन्दै असन्तुष्टि जनाए । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro