site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माथिल्लो तामाकोसीमा एक अर्ब ८० करोडको बिमा दाबी

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको लागि १ अर्ब ८० करोडको बिमा दाबी परेको छ ।  सिभिल, इलेक्ट्रो मेकानिकल लगायतका इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी एक अर्ब ८० करोड रुपैयाँको बिमा दाबी परेको हो ।

राष्ट्रिय बिमा कम्पनीमा बिमा गराएको यो आयोजनाले क्षतिको आकलन गरी १ अर्ब ८० करोडको दाबी गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए । 

सञ्चालनमा रहेको देशकै सबैभन्दा ठूलो आयोजनामा असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनाएको थियो ।  आयोजनाको बन्न समय लाग्ने भएपछि हिउँदको लोड कसरी व्यवस्थापन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरण चिन्तित छ । 

Dabur Nepal
NIC Asia

आयोजना २०७८ बाट सञ्चालनमा आएको आयोजना हिउँदमा प्राधिकरणले ब्याकअपको रुपमा चलाउँदै आएको आयोजना हो ।  अर्धजलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोसी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घन्टा पीकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ । 

आयोजना असोज ११ देखि बन्द छ । आयोजनाले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको बिजुली उत्पादन गर्ने क्षमता छ । बाढीले आयोजनाको मुख्य बाँधमा क्षति पुर्‍याएको थियो । 

आयोजनाको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ ।  नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । 

आयोजनामा इन्जिनियरिङ कम्पनीले विस्तृत निरीक्षण तथा अध्ययन गरिरहेकाले क्षतिको एकिन तथ्यांक भने आउन बाँकी रहेको गौतमको भनाइ छ ।  पहिरोले मुख्य बाँधबाट डिसेन्डरसम्म पानी पु¥याउने २ वटा भूमिगत कल्भर्ट र पानी थिग्र्याउने २ पोखरी (डिसेन्डर) मा पनि क्षति पुगेको छ । 

कल्भर्टमाथि कन्ट्रोल बिल्डिङमा  ढुंगाले लागेको थियो । दुई डिसेन्डरमध्ये एउटामा कम क्षति भएको थियो । यसैलाई मर्मत गरी एक महिना भित्र आंशिक सञ्चालनको लागि प्रयास गरिरहेको गौतमको भनाइ छ ।

“आयोजनामा के कति क्षति भएको भन्ने अझै अध्ययन हुँदै छ । यसको पूर्ण जानकारी आएपछि मात्रै थाहा हुन्छ,” प्रमुख गौतम भन्छन्, “तिहारसम्म एउटा डिस्यान्डरबाट पानी हालेर न्यूनतम क्षमतामा चलाउने योजना छ ।”

असोज ११ गते दिउँसोबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि सोही दिन बेलुका ७ बजेदेखि आयोजना बन्द गरिएको गौतम बताउँछन् । 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अविरल वर्षाले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो । आयोजनाले प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ । सोही अनुसार ११ गते नै आयोजना बन्द गरिएको हो । बाढी पहिरोले आयोजनासम्म पुग्ने पहुँचमार्गमा समेत क्षति पुर्‍याएको छ । 

ठूलो आयोजनामा क्षति पुगेपछि भारततर्फ निर्यातसमेत घटेको छ । प्राधिरणले अहिले तीन सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ । गत दुई महिनामा सात अर्ब ५५ करोड विद्युत् निर्यात गरेको प्राधिकरणले असोजपछि कोटा पाएको ९४१ मेगावाट विद्युत् निर्यात गर्न सकेको छैन् । 

यस्तै बंगलादेशसँग पनि ४० मेगावाटको सम्झौता भएपनि आयोजनामा अनुमति नपाउँदा बिजुली जान सकेको छैन ।  प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको थियो । 

साउनमा तीन अर्ब ९९ करोड ५६ लाख र भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउँछन् । 

“चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,” घिसिङले भने । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । 

प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । 

बाढी पहिरोभन्दा पहिले दैनिक रुपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो ।  गत आर्थिक वर्षमा प्राधिकरणले भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । 

गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।  तर, यस वर्ष भने ठूलो आयोजनमै क्षति पुगेका कारण आयात बढ्ने देखिन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro