site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौं आइपुगेको हो ।

चिनियाँ टोलीलाई नेकपा (एमाले)का नेता राजेन्द्र गौतमसहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोअपरेससन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको हो । कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसँग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ ।

चिनियाँ टोलीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro