site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेरीले बनायो उड्ने कार, ८० किलोमिटर उडेको कम्पनीको दाबी
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिनियाँ अटोनिर्माता चेरीले ल्यान्ड एन्ड एयर भेहिकल नाम दिएको उड्ने कार सार्वजनिक गरेको छ । चेरी ग्लोबल इन्नोभेसन कन्फरेन्स २०२४ मा कम्पनीले सार्वजनिक गरेको कार अझै निमार्णकै क्रममा रहेको जनाएको छ । परीक्षणमा ८० किलोमिटर उडिसकेको कम्पनीले दाबी गरेको छ ।

स्टिरिंग ह्विलबीनको गाडीमा विमान, इन्टेलिजेन्ट ककपिट र इन्टेलिजेन्स चेसिस गरी तीन मुख्य भाग छन् । सहरी क्षेत्रमा छोटो दुरीको यात्राको लागि बनेको सवारी सजिलै उड्ने र अवतरणपछि गुड्ने मोडमा जाने कम्पनीले बताएको छ ।

यसले टाढै उडान भर्नसक्ने र टाढै अवतरण गर्न सक्ने बताइएको छ । एक हजारमिटर मुनिको उचाइमा उडान भर्नसक्ने यो कारको अधिकतम् गति १२० किलोमिटर प्रतिघण्टा र उडान अवधि ४० मिनेट छ ।

यसअघि एक्सपेंग, जीएसी, एसएआईसीलगायत चिनियाँ कम्पनीहरूले आफ्नो फ्लाइंग कार सार्वजनिक गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro