site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्समा आप्रवासी बोकेको डुंगा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
Tiktok banner adTiktok banner ad

फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुंगा डुब्दा एक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीका अनुसार डुंगा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् । 

पछिल्लो डुंगा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीहरूको संख्या कम्तीमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो ।  

उक्त स्थानमा गत सेप्टेम्बर ३ मा पाँच बालबालिका र पाँच वयस्कको मृत्यु भएको स्रोतले जनाएको छ । त्यसको एक महिनापछि सामुद्रिक च्यानलको मार्ग हुँदै जोखिमपूर्ण यात्राका क्रममा ओभरलोड भएका डुंगा दुर्घटनामा पर्दा एक बालक तथा तीन वयस्कको मृत्यु भएको जनाइएको छ ।  

बेलायतको सरकारी तथ्यांकअनुसार यस वर्ष आप्रवासी डुंगामा खतरनाक यात्रा गरी बेलायत पुग्ने आप्रवासीहरूको औसत संख्या५३ रहेको छ ।

बेलायतको गृहमन्त्रालयको तथ्यांकअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म २६ हजारभन्दा बढी आप्रवासीहरू समुद्र पारगरी बेलायती तटमा आइपुगेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro