site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नोबेल पुरस्कारकाे औचित्य सकिन लागेको हो ?

काठमाडौं । हरेक वर्ष अक्टोबर महिनामा संसारका एकाध वैज्ञानिकको दिन बिहानै आउने एउटा फोनबाट सुरु हुन्छ । त्यो फोनबाट थाहा हुन्छ उनीहरूलाई रसायनशास्त्र, भौतिकशास्त्र वा अन्य कुनै शास्त्रमा नोबेल पुरस्कार मिलेको कुरा । अनिदा आँखासहित उनीहरू सर्ट लगाउँछन् र स्वीडेनको राजधानी स्टकहोम (नोबेल समितिको कार्यालय भएको स्थान)बाट आएको भिडियो कलमा जोडिन्छन् । र, केही मिनेटमै विश्वभरका मिडियालाई आफूले जिवनभर लगाएर गरेको शोधबारे बुझाउने कोसिस गर्छन् ।

यसपछि पत्रकारहरू गम्भीरतासाथ ‘क्वान्टम डट’ ‘इन्टेगल्ड फोटोन’ के हो ? भनेर बुझ्ने प्रयास गर्छन् । यति बुझेपछि उनीहरू आफ्नो समाचार रिपोर्ट बनाउँछन् र एक वर्षका लागि राहतको सास फेर्छन् । यसको केही हप्तामै यो नोबेल पुरस्कारका बारेमा धेरैले बिर्सिसकेका हुन्छन् ।

इमानदार भएर सोध्ने हो भने नोबेल पुरस्कारको चिन्ता कसलाई छ ? पहिलोपटक सन् १९०१ मा भव्य समारोह आयोजना गरेर वितरण गरिएको नोबेल पुरस्कार आज पनि त्यति प्रासंगिकता छ त ? नोबेल पुरस्कार वैज्ञानिक आविष्कारलाई लोकप्रिय बनाउनमा मदत गर्छ । तर, नोबेल पुरस्कार अमेरिका, युरोप र पुरुषहरूप्रति पक्षपाती छ ।

विस्फोटक पदार्थ डायनामाइटको आविष्कार गरेपछि वैज्ञानिक अल्फ्रेड नोबेलले अपराध महसुस गरे । त्यो ग्लानीबोधबाट मुक्ति पाउन उनले नोबेल पुरस्कारको सुरुआत गरे । मानव जातिका लागि लाभकारी काम गरेका वैज्ञानिकलाई पुरस्कृत गर्ने लक्ष्य थियो नोबेल पुरस्कारको ।

नोबेल पुरस्कार वैज्ञानिक उन्नतिका लागि कोसेढुंगा सावित हुने गर्छ । कोभिड–१९ को संक्रमणका दौरान ¥यापिड भ्याक्सिनको विकासले मान्छेको ज्यान जोगियो । एलईडी लाइटले उर्जा बचतको नयाँ बाटो खोल्यो । र जिन सम्पादन प्रविधिबाट कयौँ निको नहुने रोग निको पार्न थालियो यी सबैको श्रेय नोबेल पुरस्कारलाई जान्छ ।

भारतको नयाँदिल्लीस्थित ‘फिजिशियन एवम् पब्लिक हेल्थका प्रोफेसर’ राजीबदास गुप्ता भन्छन्, “नोबेल पुरस्कार विज्ञानको सगरमाथा हो भन्नेमा कुनै शंका छैन ।”

आमसञ्चारमाध्यममा नोबेल पुरस्कारका कुरा राखिएपछि मान्छेहरूको यसमा रुची बढ्छ । नोबेल पुरस्कारलाई मिडियामा कति हदसम्म स्थान दिन्छ भन्ने कुरा देशअनुसार निर्भर हुन्छ ।

नोबेल पुरस्कारको सबैभन्दा बढी आलोचना यसमा विविधताको कमी भयो भनेर हुन्छ । पश्चिमा वैज्ञानिक संस्थानप्रति नोबेल पुरस्कारको बढी झुकाव देखिन्छ । विज्ञानका क्षेत्रमा जति पनि नोबेल पुरस्कार विजेता छन् तीमध्ये १५ प्रतिशतभन्दा कम महिला छन् ।

अहिलेसम्म वितरण गरिएका नोबेल पुरस्कारमा ६६ जना मात्र महिला छन् । नोबेल पुरस्कार पाउने पहिलो महिला हुन् मेरी क्युरी । उनी एक मात्र महिला हुन् जसले दुईपटक नोबेल पुरस्कार पाइन् । उनले रसायनशास्त्र र भौतिकशास्त्रमा गरेर दुईपटक पुरस्कार पाएकी हुन् । नोबेल पुरस्कारमा लैंगिक विभेद गरेको भनेर चर्को आलोचना हुने गर्छ ।

यसबाहेक युरोप र अमेरिका बाहिरका देशका मान्छेले निकै कम नोबेल पुरस्कार पाएका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकाका ४२३ जनाले नोबेल पुरस्कार पाएका छन् । बेलायतका १४३, जर्मनका ११५, फ्रान्सका ७६, स्विडेनका ३४ जनाले नोबेल पुरस्कार पाएका छन् । युरोप र अमेरिका बाहिर जापानका ३१, सोभियत युनियनसहित रुसका ३०, क्यानडाका २८, भारतका १२ जनाले नोबेल पुरस्कार पाएका छन् ।

नोबेल समितिले पहिले नै पुरस्कार पाइसकेर स्रोतसाधन सम्पन्न भइसकेका संस्थाहरूलाई अधिक फन्डिङ गर्छ । जसका कारणले नोबेल पुरस्कारमा विविधिता निकै कम भेटिन्छ । राजीबदास गुप्ता भन्छन्, “अधिकांश नोबेल विजेता निकै योग्य छन् । यद्यपि, उनीहरू राजनीतिबाट अछुता भने छैनन् । नोबेल पुरस्कार समीति जति समावेशी हुनुपर्ने थियो त्यति छैन ।”

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro