site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले झुक्याएर किन बोलाए महन्थ ठाकुरलाई विपक्षी गठबन्धनको बैठकमा ? 

काठमाडौं । सत्तारूढ दलका नेता महन्थ ठाकुर विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छन् । सरकारमा श्रम तथा रोजगार मन्त्रालय समेत लिएको पार्टीका अध्यक्ष विपक्षी गठबन्धनमा गएपछि सत्तारूढ दलहरूले चासो देखाएका छन् । 

ठाकुरसहितको फोटो सार्वजनिक भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयबाटै फोन गरेर ठाकुर विपक्षी गठबन्धनमा सहभागी हुनुको कारणबारे जानकारी लिएको छ । तर, ठाकुर भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी गठबन्धनको बैठक नभनी डाकेपछि झुक्किएर बैठकमा पुगेको खुलेको छ । 

विगतमा सरकारमा सहकार्य गरेको ठाकुरलाई प्रचण्डपुत्री गंगा दाहालले फोन गरेर छलफलका लागि निम्ता गरेकी थिइन् । उनले बैठकका लागि निमन्त्रणा गर्दा केही नेतासँग छलफल गर्न खोज्नुभएको छ, आउनुस् है भनेर निम्ता दिएकी थिइन् । त्यसका आधारमा बैठकमा पुगेका ठाकुर बैठकस्थलमा पुगेपछि भने छक्क परेका थिए । 

“एउटा पार्टीको नेताले छलफल गरौँभन्दा अस्वीकार गर्ने कुरा भएन । जब म बैठकमा पुगे त्यहाँ प्राकृतिक विपत्ति व्यवस्थापनका आधारमा सरकार असफल भएको भनेर छलफल भयो,” ठाकुरले बाह्रखरीसँग भने, “मैले प्राकृतिक विपत्तिमा सत्तापक्ष विपक्ष हुँदैन । सबैले साझा प्रयासबाट नागरिकलाई राहत दिन लाग्नुपर्छ भन्ने धारणा राखेको छु ।” बैठकपछि लोसपा महामन्त्री डा. सुरेन्द्र झाको मोबाइलमार्फत ठाकुरले यस्तो जानकारी दिएका हुन् । 

उनले विपक्षीका तर्फबाट हुने निर्णयमा आफूलाई सामेल नगराउन पनि आग्रह गरेका थिए । ठाकुरले आफ््ना पार्टीका चारजनालाई राजनीतिक प्रतिशोधकै आधारमा जन्मकैदको फैसला भएको भन्दै त्यस्ता राजनीतिक विषयमा विपक्षीहरूको भूमिका महत्त्वपूर्ण हुने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूको ध्यानाकर्षण गरेका थिए । 

उनले विपक्षीहरू सशक्त भएर रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै त्यसका लागि सहकार्य गर्न सुझाव दिए । उनले आफू झुक्किएर बैठकमा सहभागी हुन पुगेको भन्दै अन्य राजनीतिक विषयमा छलफलमा सहभागी हुन तयार रहेको भन्दै सरकारमा रहेको आफ्नो पार्टी सत्तारूढ नै भएकाले विपक्षी गठबन्धनमा नबोलाउन पनि आग्रह गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro