site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढीपहिरोबाट भएको क्षतिको ९ अर्ब दाबी, बिमा कम्पनीले १७ करोड भुक्तानी गरे
फाइल तस्बिर ।

काठमाडौं । असोज दोस्रो साताको बाढीपहिरोका कारण बिमा कम्पनीहरूमा करिब नौ अर्ब रुपैयाँको दाबी परेको छ । असोज १० गतेदेखि २९ गतेसम्म बिमा कम्पनीहरूमा आठ अर्ब ९८ करोड ३० लाख रुपैयाँको दाबी परेको हो ।

नेपाल बिमा प्राधिकरणलाई बिमा कम्पनीहरूले बुझाएको विवरणअनुसार बाढीपहिरोबाट तीन हजार २४४ दाबी परेको छ । यसमध्ये ९७ वटा दाबीबापतको १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । प्राधिकरणका अनुसार बाढीपहिरोबाट प्रभावित कम्पनी तथा व्यक्तिको सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा एक अर्ब ९५ करोड २९ लाख रुपैयाँको दाबी परेको छ ।

दि ओरियन्टल इन्स्योरेन्समा एक अर्ब ४५ करोड ६८ लाख रुपैयाँ दाबी परेको छ । त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा एक अर्ब आठ करोड रुपैयाँको दाबी परेको छ । यी तीन कम्पनीबाहेक अरूमा भने एक अर्बभन्दा कम दाबी परेको छ ।  

दाबी परेकोमध्ये ६ कम्पनीले १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । यसरी भुक्तानी गर्नेमा हिमालयन एभरेष्ट, नेको, शिखर, आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी र प्रभु इन्स्योरेन्स छन् ।

यी ६ मध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले भुक्तानी गरेको छ । यो कम्पनीमा ४०४ दाबी संख्याको ९३ करोड ३६ लाख आठ हजार रुपैयाँ बराबरको दाबी रकम परेको छ । तर, कम्पनीले ८९ दाबीबापतको १७ करोड २४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी दाबी भुक्तानी सम्पत्ति बिमाको भएको छ । सम्पत्ति बिमातर्फ ६ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ दाबी परेकोमा १६ करोड १० लाख २१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्राधिकरणले बिमा कम्पनीहरूलाई प्रत्येक हप्ता बाढीपहिरोबाट भएको क्षतिको दाबी भुक्तानी तथा दाबी रकमको विवरण बुझाउन निर्देशन दिएको छ । सोहीअनुसार बिमा कम्पनीहरूले सात–सात दिनमा प्राधिकरणमा यस्तो विवरण बुझाउँदै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro