site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि धरानमा विवाद 
फाइल तस्बिर ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ ।

बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् । उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् ।

साम्पाङ करिब तीन साताका लागि बेलायत भ्रमणमा बिहीबार नै त्यसतर्फ गएका छन् । दसैँको समय पारेर उनले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई पत्र दिएर कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
 
दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्न पाउने, कार्यपालिका बैठक नबोलाउने र नबसाउने, खानेपानी महसुल वृद्धि विरोधमा दलहरूको आन्दोलनको क्रममा तोडफोड भएको गेट र नगरपालिकाको बोर्ड तत्काललाई मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।
 
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका नगर अध्यक्षहरूले संयुक्त वक्तत्व जारी गर्दै साम्पाङको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जनाएका छन् ।
 
नेपाली कांग्रेसले ६ दलसँगै वक्तब्य ननिकाले पनि कांग्रेस नेता तथा धरानका पूर्वमेयर तिलक राईले स्थानीय सरकार संचालन ऐन विपरीत कार्यवाहक दिइएको टिप्पणी गरेका छन् ।
 
उनले साम्पाङको शैली लोकतान्त्रिक नभएको बताए । स्वतन्त्र उमेदवारी दिएर उपमहानगर प्रमुखमा विजयी भएका साम्पाङ धरानमा निकै परको मूलबाट खानेपानी ल्याएका कारण चर्चित छन् । उनी सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरिरहने कारण विवादित छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro