site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता र शोधनान्तर स्थिति दोब्बरले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति बचत गत वर्षको तुलनामा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालु खाता र शोधनान्तर स्थिति नै दोब्बर भएको हो ।

भदौ मसान्तसम्म चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । एक वर्षको अन्तरालमा चालु खाता २५ अर्ब ७२ करोडले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, भदौ मसान्तसम्म शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा थियो । एक वर्षमा मुलुकको शोधनान्तर स्थिति ४५ अर्ब ९० करोड रुपैयाँले वृद्धि भएको हो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ । चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको बुझिन्छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro