site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा इजरायली आक्रमण तीव्र, हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बेरूत, लेबनान । इजरायली सेनाले मंगलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समूहबीच द्वन्द्व चर्किएको हो । 

प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राख्नेछौँ,” हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने ।

हिजबुल्लाहले मंगलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ । 

Royal Enfield Island Ad

इजरायलले गत महिना सीमापार भूमि सेना पठाउनुअघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार युद्धमा कम्तीमा एक हजार ३१५ जनाको मृत्यु भएको छ । 

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले रिपोर्ट गरेअनुसार इजरायलले मंगलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो ।

रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई ‘चिन्ताजनक’ विषय रहेको बताए ।

इजरायली आक्रमणले हिजबुल्लाहको गढ साथै लेबनानका अन्य भाग लक्षित आक्रमण सुरु गरेको छ, जसमा उत्तरी इसाई बहुल गाउँ पनि समावेश छ जहाँ सोमबार कम्तीमा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दक्षिणी सीमावर्ती सहर मर्जायुनका नागरिक सुरक्षा प्रमुख अनिस अबलाले उद्धारकर्ताहरू ‘थकित’ भएको बताए । “निरन्तर आक्रमणले हाम्रा उद्धार अभियानहरू झन् झन् कठिन हुँदै गइरहेका छन्,” उनले भने ।  

लेबनानको स्वास्थ्य मन्त्रालयले गत हप्ता मध्य बेरुतमा भएको इजरायली आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको जानकारी दिएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको गत हप्ताको प्रमाणित तथ्यांकअनुसार लेबनानको युद्धले कम्तीमा ६ लाख ९० हजार मानिस विस्थापित भएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro