site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकले सेयर धितो कर्जा बढाए, एक महिनामा नबिलले दियो १० अर्ब ७१ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १९ वाणिज्य बैंकले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा (सेयर वा डिबेञ्चर खरिद गर्न) सापट दिएका छन् । सञ्चालनमा २० वाणिज्य बैंक भए पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयर धितो राखेर कर्जा प्रवाह गरेको छैन । 

बाँटी १९  वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा दिएको यो रकम गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँले बढी हो । सेयर खरिद गर्न गत आर्थिक वर्षको साउनमा ५८ अर्ब ९० करोड २१ लाख रुपैयाँ वाणिज्य बैंकहरूले सापट दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु वर्षको साउनमा सबैभन्दा बढी नबिल बैंकले सेयर तथा डिबेञ्चर खरिद गर्न कर्जा दिएको छ । यो बैंकले साउनमा १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष पनि अरू वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी नबिल बैंकले नै यस्तो कर्जा प्रवाह गरेको थियो ।

Dabur Nepal
NIC Asia

सबैभन्दा कम नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छ । यो बैंकले यस्तो कर्जा साउनमा ४२ करोड ९४ लाख रुपैयाँ प्रवाह गरेको छ । गत वर्षको साउनको तुलनामा यो बैंकले यस्तो कर्जा सर्वाधिक बढाएको छ । 

गत वर्षको साउनमा नेपाल एसबिआईले दुई करोड ३९ लाख रुपैयाँ सेयर धितो कर्जा दिएको थियो । प्रतिशतको हिसाबमा यो बैंकको सबैभन्दा बढी कर्जा विस्तार भएको छ ।

bank-share-dhiko-karja-1728905348.png
 

तर, गत वर्षको तुलनामा ६ वाणिज्य बैंकले सेयर धितो कर्जा घटाएका छन् । यसरी सेयर धितो कर्जा घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक छन् ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड रुपैयाँ तोकेको छ । कुनै पनि व्यक्तिले सेयर धितो राखेर कर्जा लिन खोजे १५ करोडभन्दा बढी पाउँदैनन् । तर, संस्थागत लगानीकर्तालाई कायम गरिएको २० करोडको सीमा भने चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हटाइएको छ ।

व्यवसायीले व्यवसाय गर्नका लागि सेयर धितो राखेर पनि कर्जा लिनसक्ने व्यवस्था छ । तर, व्यवसाय गर्न सेयर धितो राखेर लिएको कर्जाको विवरण मार्जिन प्रकृतिको कर्जा सापट शीर्षकमा राखिँदैन । सेयर वा डिबेञ्चर खरिद गर्न प्रवाह भएका कर्जालाई मार्जिन प्रकृतिको कर्जा सापटको रूपमा राखिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

share-dhito-karja-1728905325.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro