site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पीबी रेसियोका आधारमा कुन वाणिज्य बैंकको सेयर कति महँगो ?

काठमाडौं । ‘प्राइज टु बुक (पीबी) रेसियो’ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका वित्तीय कम्पनीहरूको सेयर मूल्य मापन गर्ने एउटा औजार हो । विशेष गरी बैंकहरूमा यस्तो औजारको प्रयोग गरेर सेयरको मूल्य ‘अन्डरभ्यालुइड’ वा ‘ओभरभ्यालुइड’ भएको छुट्याउन सकिन्छ ।

पीबी रेसियो एक गुणाभन्दा कम भएका सेयरलाई अन्डरभ्यालुइड मानिन्छ । यस्ता कम्पनीमा लगानी गर्दा लगानीकर्ताले नाफा कमाउने प्रशस्त सम्भावना रहन्छ ।

कम्पनीको हालको प्रतिसेयर मूल्यलाई पछिल्लो प्रतिसेयर बुकभ्यालु अर्थात् नेटवर्थले भाग गरेर पीबी रेसियो निकालिन्छ । यसरी भाग गर्दा आएको परिणामलाई गुणा एकाइमा नापिन्छ ।

कम्पनीको सम्पूर्ण सम्पत्तिबाट तिर्नुपर्ने दायित्व घटाएपछि बाँकी रहने रकम नेटवर्थ हो । यसलाई किताबी मूल्य पनि भनिन्छ । कुल नेटवर्थलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ अर्थात् प्रतिसेयर किताबी मूल्य निकालिन्छ । प्रतिसेयर नेटवर्थ धनात्मक वा ऋणात्मक जुनसुकै हुनसक्छ । धनात्मक प्रतिसेयर नेटवर्थ भएका कम्पनी तत्काल बन्द भए पनि सेयरधनीले किताबी मूल्यमा भएको मूल्य बराबरको पैसा फिर्ता पाउन सक्छन् । तर, ऋणत्मक नेटवर्थ भएका कम्पनीहरूमा लगानी गर्नेले कम्पनी बन्द भएको खण्डमा आफ्नो लगानी फिर्ता पाउँदैनन् ।

प्रतिसेयर नेटवर्थले लगानीकर्ताले कम्पनीमा गरेको एक सेयरको मूल्यलाई पनि जनाउँछ । सेयरको संख्या बढ्दै गए प्रतिसेयर नेटवर्थ घट्न जान्छ । नेटवर्थ जति धेरै भयो कम्पनी पनि त्यति नै सुरक्षित मानिन्छ । नेटवर्थ धनात्मक र बढी भएका कम्पनी छनोट गरेर ती कम्पनीको सेयर खरिद गर्नु नै लगानीकर्ताका लागि उपयुक्त मानिन्छ ।

नेटवर्थ बढी भएपछि पीबी रेसियो कम हुन सक्छ । यस्ता कम्पनी छान्न सके सेयर बजारबाट पैसा कमाउन सकिन्छ । वाणिज्य बैंकको नेटवर्थअनुसार हाल सञ्चालनमा रहेका २० मध्ये १९ वटाको पीबी सेरियो निकालिएको छ । पीबी रेसियो निकाल्न बजार मूल्य चाहिने भएकाले राष्ट्रिय वाणिज्य बैंकको निकालिएको छैन ।

यो बैंक धितोपत्र बजारमा सूचीकृत छैन । १९ वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो सेयर मूल्य नेपाल बैंक लिमिटेडको देखिएको छ । यो बैकको पीबी रेसियोका आधारमा अन्य वाणिज्य बैंकभन्दा सेयर मूल्य सस्तो छ । हाल यो बैंकको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ । तर, प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ ५७ पैसा छ । यसकै आधारमा पीबी रेसियो १.१२ गुणा आएको छ ।

त्यस्तै, सबैभन्दा बढी पीबी रेसियो स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकको पीबी रेसियो ३.२१ गुणा छ । यसको मतलब १९ वाणिज्य बैंकमध्ये यो बैंकको सेयर मूल्य ओभरभ्यालुइड छ ।

६ वटा बैंकको पीबी रेसियो दुई गुणाभन्दा बढी छ भने बाँकी १३ को दुई गुणाभन्दा कम छ । यो पीबी रेसियोका आधारमा सेयर किन्दा कम जोखिम ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल बैंक छन् । किनभने यी पाँच बैंकको पीबी रेसियो १.५ गुणाभन्दा कम छ ।

PB-ratio-1-(1)-1728887808.PNG

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro