site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाई आक्रमणमा परी २३ सुडानी नागरिकको मृत्यु, ४० घाइते

खार्तुम । दक्षिणी खार्तुमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् ।

“हिजो खार्तुमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार)मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तुम आपत्कालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“घाइतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ)ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।

संयुक्त राष्ट्र संघ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौँ घाइते भएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro