site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विजयादशमीमा रोकिएन वाग्मती सफाइ महाअभियान
फाइल तस्बिर ।

काठमाडौं । बडादसैँको दशमीका दिनमा पनि वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रूपमा वाग्मती सफाइ गरिँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगंगास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन् । बिहान ७ देखि ९ बजेसम्म १० सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उनले जानकारी दिइन् ।

अभियानकर्मीले उठाएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।

वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु गरिएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ ।

स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ । रासस
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro