site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
प्रतीकात्मक तस्बिर ।

उदयपुर । सुक्खा पहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडकखण्ड सुचारु भएको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४, भदौरेमा पहिरोले अवरुद्ध सडक शनिबारदेखि सुचारु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए । “हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,” उनले भने, “ओखलढुंगाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो ।”

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सुचारु गर्न समय लागेको हो । “आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो । तर, निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ,” उपरीक्षक बजगाईंले भने ।

यो सडकखण्ड अवरुद्ध भएपछि कोसी प्रदेशका पूर्वी सहरहरूबाट पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो । सडक सुचारु भएपछि सवारीसाधन आउजाउ गर्न थालेका कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro