site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा गोली हानी २० मजदुरको हत्या
प्रतीकात्मक तस्बिर ।

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० कामदारको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बलुचिस्तानमा पृथकतावादी लडाकु समूहले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनालाई निसाना बनाउँदै आएको छ । यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो ।

आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, “ ४० जना आक्रमणकारीले राति (स्थानिय समय १२ः३० बजे) आधा घण्टासम्म खानीमा गोली चलाएका थिए ।”

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले आक्रमणमा सातजना घाइते भएका बताए । “आक्रमणकारीहरूले घटनास्थलमा रहेको मेसिनरीमा पनि आगो लगाए,” उनले थपे ।

बलुचिस्तानमा धेरै निकासी योजना विदेशी देशद्वारा सञ्चालित छन् । उक्त योजनामा सशस्त्र समूहले आक्रमण गर्दै आएको छ ।

आतंककारीले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अरू ठाउँबाट आएका आप्रवासी कामदारलाई निसाना बनाउँछन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro