site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्राजिलको पुनरागमन जितमा हेनरिक निर्णायक

काठमाडौं । खेलको दोस्रो मिनेटमै १–० ले पछि परेको अवस्था उल्ट्याउँदै ब्राजिलले फिफा विश्वकप–२०२६ अन्तर्गत चिलीविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । 

शुक्रबार बिहान चिलीमा भएको खेलमा घरेलु टिमले दोस्रो मिनेटमै अग्रता बनाएको थियो । चिलीका एडुर्डो भार्गासले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । 

Dabur Nepal
NIC Asia

तर, पहिलो हाफको इन्जुरी समयमा इगोर जिससले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लुइस हेनरिकले गरेको गोल निर्णायक बनेपछि ब्राजिलले २–१ को जित पक्का गरेको हो ।

छनोटमा नौ खेल खेलेको ब्राजिलको यो चौथो जित हो । तालिकाको चौथो स्थानमा उक्लिएको ब्राजिलले १३ अंक जोडेको छ । जुन शीर्ष स्थानमा आसिन अर्जेन्टिनाको भन्दा ६ अंकले कम हो ।

समान खेलबाट पाँच अंक जोडेको चिली भने तालिकाको नवौँ स्थानमा छ । यो हारसँगै चिलीको विश्वकप सम्भावना पनि कमजोर बनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro