site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ ।

स्थानीयहरूसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरू दसैँपछि बोलाएर सम्बोधन गरिने बताए । गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दसैँ अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro