अर्थ व्यवसाय
काठमाडौं । रोटरी क्लब काठमाडौं मिड–टाउनको आयोजनामा ‘करियर मार्गनिर्देश’ विषयक पाँचदिने कार्यशाला सम्पन्न भएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका आठ शिक्षक–शिक्षिकाको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।
उक्त कार्यशालमा करियर मार्गनिर्देशको क्षेत्रमा काम गर्ने संस्था करियर कोच नेपालले विद्यार्थीहरूको रुचि, क्षमताअनुसार करियर छान्ने विषयमा प्रशिक्षण दिएको थियो ।
कार्यशालामा रोटरी क्लब अफ काठमाडौं मिड–टाउनको ग्लोबल ग्रान्ट प्रोजेक्टले आर्थिक सहयोग गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्