site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमको काठमाडौं–भैरहवा उडानको १५८ वटै टिकट बिक्री
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज २४  गते फूलपातीका दिन गर्ने काठमाडौं–भैरहवा उडानको १५८ वटै टिकट बिक्री भएको छ ।

राजमार्ग क्षतिग्रस्त भएका कारण उच्च माग आएपछि नेपाल एयरलाइन्सले असोज २४ गते काठमाडौं–भैरहवा–काठमाडौं विशेष उडानको तयारी गरेको छ । त्यसका निम्ति एकै रातमा १५८ वटै टिकट बिक्री भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

“काठमाडौं–भैरहवाको सम्पूर्ण टिकटहरू बिक्री भएका छन्,” उनले बाह्रखरीसित भने, “भैरहवा–काठमाडौंको भने टिकट बाँकी रहेको छ ।”

उच्च माग भएपछि निगमले आफ्नो न्यारोबडी ए३२० विमानबाट विशेष उडानको तालिका सार्वजनिक गरेको थियो ।

काठमाडौं–भैरहवा एकतर्फी भाडादर प्रतियात्रु सात हजार र भैरहवा–काठमाडौंको तीन हजार ८९० रुपैयाँ कायम गरिएको छ । माग उच्च भए पनि विमान नहुँदा थप उडानको सम्भावना नरहेको निगमले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro