site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

तनहुँ । श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा उनका श्रीमान् ४० वर्षीय पञ्चबहादुर बोटे पक्राउ परेका हुन् । 

सोमबार राति पत्नीको हत्या गरी फरार भएका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । 

पञ्चबहादुरले छिमेकीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ । 

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro