site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनआरएनएद्वारा काभ्रेका बाढीपहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ ।

बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघ केन्द्र तथा राष्ट्रिय परिषद् यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामग्री वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात वडा नम्बर १ का १२३ परिवार, २ का ५३ परिवार, ३ का २५ परिवार र १२ मा २०० परिवारलाई राहत वितरण गरिएको हो ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार एनसीसी यूकेले १५ लाख  सहयोग गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro