site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’का क्ल्प्सि राखे सामाजिक सञ्जालको अकाउन्ट बन्द हुने
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्ल्प्सि राख्ने सामाजिक सञ्जालका अकाउन्ट बन्द हुने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बेहुली फ्रम मेघौली’का दृश्य राख्ने अकाउन्ट बन्द गरिदिने भएको हो । 

‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष  उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको हो । 

KFC Island Ad
NIC Asia

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।” 

उनले कानुनी प्रक्रिया अगाडि बडिसकेको बताएका छन् । ‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ । 

यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

चलचित्रको मुख्य भूमिकामा निश्चल र स्वस्तिमा खड्का छन् । लगानी पनि उनीहरूकै छ । 

पहिलो दिनदेखि नै सिनेमाको क्लाइमेक्ससहितका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको असर ब्यापारमा पनि देखिने भएपछि निर्माण टिम प्रहरीकोमा पुगेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro