site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
चितवनमा दुई मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाकोे मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

नारायणगढ । चितवनको रत्ननगर नगरपािलका–९, टिकौली जंगलमा सोमबार बिहान करिब सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अर्को एक मोटरसाइकल र स्कुटरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पाँचजना  घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा वाग्मती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा चालक र पछाडि बस्ने गरी ६ जना घाइते भएका थिए ।

KFC Island Ad
NIC Asia

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाको आदिखोला गाउँपालिका–३ का २३ वर्षीय रोहन पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का १७ वर्षीया रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको र रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, ग१२प ७१७२ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको अवस्था मध्यम छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको रिजालले जानकारी दिए ।

ना४३प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ का प्रेमप्रसाद रिजाल र पछाडि सवार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–८ की बिविका सापकोटा सामान्य घाइते छन् । बकुलहर अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro