site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्री लेखकले गरे ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आइतबार उनले गोदावरी, देवीचौर, टीकाभैरवलगायत क्षेत्रको निरीक्षण गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिए । उनले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए ।

Argakhachi Cement Island Ad

सकेसम्म छिटो उद्धार, राहत सामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउनेलगायत बसोबास व्यवस्थापनका निम्ति सरकार लागिपरेको उनले जानकारी गराए । उनले विपद्‌मा सबै एकाकार भएर काम गर्नुपर्ने उल्लेख गरे ।

निरीक्षणका क्रममा वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्ष, प्रहरी प्रमुखसहितका अधिकारीहरू सहभागी थिए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्