site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धवलशमशेरको जिम्मेवारी खोसिँदा राप्रपामा विवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको नयाँ कार्यविभाजनले असन्तुष्टि सिर्जना गरेको छ । लिङ्देनले बिहीबार गरेको कार्यविभाजनले पार्टी महामन्त्री धवलशमशेर राणालाई पार्टीको संगठन विभाग प्रमुखबाट मुक्त गरिएको छ ।

वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । यसअघि तामाङ राजनीतिक विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई दिइएको छ ।

राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी तोकिएको  छ ।

सूचना प्रविधि विभाग (आईटी)को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् । महामन्त्रीलाई नयाँ जिम्मेवारी नै नदिँदा राप्रपामा विवाद चुलिएको छ ।

पूर्वअध्यक्ष समेत रहेका नेता डा. प्रकाशचन्द्र  लोहनीले सामाजिक सञ्जालमार्फत नै असन्तुुष्टि पोखेका छन् । उनले बिरामी भएको बेलामा संवेदना समेत नदेखाएको भन्दै निर्णय अस्वीकार गरेका छन् ।

“राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गर्दै हुनुहुन्छ यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेक तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,” उनले लेखेका छन् ।

लोहनीले सार्वजनिक रूपमा नै टिप्पणी गरेपछि तरंग नै पैदा भएको छ । सांसद मुम्बईमा उपचार गरिरहेका छन् । नेताहरूका अनुसार उनलाई पहिलो चरणको गिजाको क्यान्सर देखिएको छ । यस्तो अवस्थामा जिम्मेवारीबाट हटाइएको भन्दै नेताहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । पार्टीमा छलफल नै नगरी अध्यक्षले एकलौटी निर्णय गरेको आरोप नेताहरूले लगाएका छन् ।

पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीले सार्वजनिक बिदाको दिन गरिएको विधानविपरीत निर्णयले नेता कार्यकर्तालाई चिन्तित बनाएको बताए । “उहाँ उपचारमा हुनुहुन्छ । यस्तो संवेदनशील अवस्थामा कसैसँग परामर्श नगरी विज्ञप्ति सार्वजनिक भयो,” उनी भन्छन्, “पार्टी अध्यक्ष अभिभावक हो । सजाय पाएका अभियुक्तलाई त उपचार दिइन्छ । सार्वजनिक बिदाको दिन यस्तो निर्णय गर्नुपर्ने हतार किन थियो ?”

आफू अनुकूल विधानको व्याख्या
पार्टीका प्रवक्ताहरूले नै विधानको व्याख्या आफू अनुकूल गरेका छन् । राणा निकट लावती पार्टी विधानको धारा २४ को नयाँ व्यवस्थाअनुसार विभाग, समिति गठनको अधिकार कार्यसमितिलाई दिएको बताउँछन् । “पहिले अध्यक्षले गर्न पाउने व्यवस्था थियो । अहिले त्यो व्यवस्था छैन,” उनले भने, “नयाँ विधानले कार्यसमितिलाई अधिकार दिएको छ ।”

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले विधानको व्यवस्थाबमोजिम विभाग प्रमुखहरूको मनोनयन गर्ने व्यवस्थाअनुसार गरिएको जिकिर गरेका छन् । “जो पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने नि राप्रपाको विधानमा विभाग प्रमुखहरूको मनोनयन पार्टी अध्यक्षले गर्ने भन्ने स्पष्ट व्यवस्था छ, कुनै समितिको बैठकले गर्ने होइन,” श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले विगतको अभ्यासले पनि अध्यक्षले नै जिम्मेवारी तोक्ने गरेको दाबी गरेका छन् । “विभाग प्रमुख मात्रै होइन विभागका सदस्यहरूको समेत मनोनयन अध्यक्षले गर्ने प्रावधान छ र हाम्रो विगतदेखिको अभ्यास पनि यही छ । पार्टीका जिम्मेवार नेताहरूले आफ्नो असहमति फेसबुकमा राख्ने कामले पार्टीको हित गर्दैन है,” श्रेष्ठले शुक्रबार फेसबुकमा लेखेका छन्, “यसलाई तरंगित बनाउने, भ्रम सिर्जना गर्ने काम वाञ्छनीय हुँदैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro