site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा जेईको जेसिक्स र ओमोडा ई५ का १०० गाडीको एकै दिन डेलिभरी

काठमाडौं । नेपालमा जेईको जेसिक्स र ओमोडा ई५ का एकसय गाडी एकै दिन डेलिभर भएका छन् । ओमोडा एन्ड जेईको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एकै दिन डेलिभर भएको बताएको छ ।

कम्पनीले नेपालकै पहिलो अफ–रोड इलेक्ट्रिक एसयूभी भनेको ‘जेइको जे सिक्स’ र ओमोडाको एकसयभन्दा धेरै युनिट डेलिभरी गरेको बताएको हो ।

नाडा अटो सो २०२४ मा सार्वजनिक जेईको जेसिक्स यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

Dabur Nepal
NIC Asia

जेइको जेसिक्सले डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्रयाकमा पनि प्रदर्शन गरेको कम्पनीले जनाएको छ । कम्पनीले फ्युचरिस्टिक एसयूभी भनेको ओमोडा ई५ले पनि राम्रो लोकप्रियता हासिल गरेको दाबी गरेको छ ।

गाडीमा २७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको  ग्राउन्ड क्लियरेन्स छ । चालकसहित ५ यात्रु क्षमता रहेको गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर छ ।

जे सिक्समा डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधा छन् ।

गाडीका दुई भेरियन्ट छन् । जसमा पहिलो २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर–ह्विल–ड्राइभ छ ।

दोस्रो १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिंगल मोटर भेरियन्टमा उपलब्ध छ ।

गाडीले ६.५ सेकेन्डभित्रै शून्यदेखि एकसय किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीको भनाइ छ । गाडीमा सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री छ ।

ब्याट्री ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ । यसले ५०१ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।

गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro