site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिजबुल्लाहको 'प्रमुख बन्न लागेका' नसरल्लाहका भाइ सफीद्दीन पनि मारिए !

काठमाडौं । इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार, इजरायली सेनाले बिहीबार बेरुतमा सफीद्दिनलाई निशाना बनाएर मारेको हो ।

न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले भूमिगत बंकरमाथि हवाई आक्रमण गरेको थियो । जहाँ हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठकको आयोजना गरेका थिए । सफीद्दिन बैठकमा सहभागी हुन जाँदै थिए । त्यसैबेला आक्रमण गरिएको जनाइएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाह दुवै सफीद्दिनको हत्याबारे कुनै जानकारी दिएका छैनन् ।

गत हप्ता नसरल्लाह मारिएपछि सफीद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो ।

सफीद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्थे । त्यसैले नसरल्लाहले जस्तै कालो पगडी लगाउँथे । सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्थे । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro