site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नौ वर्षपछि भातृसंस्थाको महाधिवेशन गराउन कांग्रेसले गठन गर्‍यो निर्देशन समिति 

काठमाडौं । नेपाली कांग्रेसले नौ वर्षपछि प्रमुख तीन भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ । पार्टीका सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहनेगरी तीनवटा निर्देशन समिति बुधबार गठन भएको पार्टीका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । 

गत भदौ १६ मा सम्पन्न केन्द्रीय समिति बैठकले भातृ संस्थाको महाधिवेशन चैतभित्र गराउन पार्टीबाट निर्देशन समिति गठन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरूको नेतृत्वमा बुधबार निर्देशन समिति गठन गरेका हुन् । 

तरुण दल निर्देशन समितिको संयोजकको जिम्मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पाएकी छन् । उनको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जितजंग बस्नेत सदस्य छन् । यसैगरी नेविसंघ निर्देशन समितिमा सहामन्त्री किशोरसिंह राठौरले संयोजकको जिम्मेवारी पाएका छन् । राठौरको नेतृत्वमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन् । 

यस्तै, महिला संघ निर्देशन समितिको जिम्मा सहमहामन्त्री उमाकान्त चौधरीले पाएका छन् । चौधरीको नेतृत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् । निर्देशन समितिले आफूले जिम्मेवारी पाएका भातृ संस्थाको महाधिवेशनका लागि पार्टीका तर्फबाट आवश्यक समन्वय र निर्देशन गर्ने छन् । 

भातृ संस्थाको महाधिवेशन चैत मसान्तभित्र गराउने जिम्मेवारी निर्देशन समितिलाई छ । महाधिवेशन नभए त्यसको जिम्मेवारी निर्देशन समितिले नै लिनेगरी जवाफदेही बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro