site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँघरमा राखियो जमरा
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा बिहीबार विधिवत् रूपमा जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ ।

हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ९ः१६ बजे जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको ब्यान्डबाजा टोलीले मंगल धुन बजाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो ।

विशेषतः जमरा जौको राख्ने गरिन्छ । हाल मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

यस दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्रस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro