site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’ आजबाट रिलिज
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ आजबाट रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर आजबाट यो चलचित्र रिलिज भएको हो । 

‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै बढी शो पाएको छ । वितरक अशोक शर्माका अनुसार देशभरका हलमा ‘बेहुली फ्रम मेघौली’ले ३३५ भन्दै धेरै शो पाएको छ । 

KFC Island Ad
NIC Asia

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् । 

चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । 

चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी छ । 

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ । 

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro