site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर नेपालका बाढीपहिरोपीडितलाई
फाइल तस्बिर ।

काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालयमार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्‌मा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । उनले विपद्‌मा चिनियाँ सरकारले थप सामग्री समेत सहयोग गर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro