site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
उमेरहद विवादमा रुमल्लियो अखिल क्रान्तिकारीको सम्मेलन
SkywellSkywell

काठमाडौं । विधानमा उमेरहद प्रावधान राख्ने कि नराख्ने विवाद नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)भित्र उत्कर्षमा पुगेको छ । सोही कारण २३औँ राष्ट्रिय सम्मेलन लम्बिइरहेको छ । विवादले महाधिवेशनस्थलमा तोडफोड समेत निम्त्यायो ।

गत असोज ११ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको कीर्तिपुरमा सम्मेलनको उद्घाटन गरेका थिए । तर, ६ दिन बित्दा पनि विधानमा राख्ने उमेरहद नटुंगिदा अन्योलता सिर्जना भएको छ ।

राष्ट्रिय सम्मेलन लम्बिँदा प्रतिनिधिहरू घर फर्कन थालेका छन् । “सम्मेलन लामो भएको छ । विवाद समाधानका सम्भावना नदेखिएपछि प्रतिनिधिहरू घर फर्कने क्रम सुरु भएको छ,” अध्यक्षका आकांक्षीमध्येका एक नेताले भने ।

KFC Island Ad
NIC Asia

असोज ११ गते बन्द सत्र सुरु भएको थियो । १२ गते भने अत्यधिक वर्षाका कारण बन्द सत्र स्थगित भयो । बन्द सत्र असोज १३ गतेका लागि बोलाइयो । 

...अनि लफडा 

उमेरहद लगाउने कि नलगाउने भन्नेमा बन्द सत्रको हलमा विभाजित भयो । विवादको निरुपण खोज्न असोज १४ गते अनेरास्ववियू क्रान्तिकारीका नेताहरू अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे । 

खुमलटारमा बसेको क्रान्तिकारीको कार्यालय बैठकमा प्रचण्डले निर्देशन दिए, “उमेरहद लगाउने कि नलगाउने निर्णयको अधिकार हललाई दिनू ।”

उमेरहदबारे चुनाव गर्ने भन्दै नेताहरू निस्किएका थिए । उमेरहद राख्नुपर्ने भए २८, ३०, ३२ वर्षको विकल्पसहित नेताहरू निस्किएका थिए ।

तर, चुनावी प्रक्रिया अघि बढ्न सकेन । त्यसपछि उमेरहद राख्नुपर्ने र राख्न नहुने पक्ष आमने–सामुन्ने भयो । महाधिवेशनस्थलमा तोडफोडको अवस्था सिर्जना भएको थियो । 

उमेरहद राख्न नहुने पक्षमा रहेका तुकमान महरालगायत तोडफोडमा उत्रिएका थिए । 

उमेरहद राख्दा अध्यक्षका आकांक्षीहरूमध्ये धेरैजसो बाहिरिने सम्भावना छ । अध्यक्षमा १८ उपाध्यक्ष र महासचिवले आकांक्षा व्यक्त गरेका थिए । एकाएक उमेरहदको विषय उठाएर आफूहरूलाई बाहिर पार्न खोजिएको भन्दै अधिकांश आकांक्षीहरू उमेरहद राख्न नहुने अडानमा देखिएका छन् ।

उमेरहदबारे निर्वाचन गर्न नहुने बरु खुल्ला निर्वाचनबाट पदाधिकारी छान्न सकिने प्रस्ताव उनीहरूको छ । 

विवाद समाधानका लागि पार्टीको तर्फबाट उपमहासचिव शक्ति बस्नेतले समन्वय गरिरहेका छन् । मंगलबार बस्नेतसहित फ्याक्सन इन्चार्ज हिमाल शर्मा, पञ्चा सिंहसहित क्रान्तिकारीको कार्यालयको बैठक बसेको थियो । बैठकमा उमेरहदको प्रावधान राख्न नहुने पक्षमा अधिकांश नेता उभिएका थिए । अध्यक्षका आकांक्षी जीपी मैनालीले आफूहरूले खुल्ला निर्वाचनबाट जानुपर्ने धारणा राखेको बताए । 

“उमेरहदबारे निर्वाचन नगरौँ सिधैँ चुनावमा जाऔँ भन्नेमा एकथरी साथीहरू रहनुभयो,” शर्माले बाह्रखरीसँग भने, “हाम्रो प्रस्ताव उमेरहद राख्ने कि नराख्ने भन्ने निर्णय गर्ने अधिकार हललाई दिऔँ भन्ने हो । हललाई निर्णय गर्न दिँदा के फरक पर्छ र ?” 

नेताहरू भने पार्टीले उमेरहद राख्ने विषय लाद्न खोजेको आरोप लगाइरहेका छन् । 

शर्माले अब कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको बताए । “छलफल गरिरहेका छौँ । उमेरहद राख्ने कि नराख्ने भन्नेमा वा पदाधिकारी छान्न सिधैँ निर्वाचनमध्ये एउटा विकल्पमा निर्णय हुन सक्छ,” उनले भने । 

निर्वाचन आयोगले आज बिहान ८ बजेबाट प्रक्रिया अघि बढाउने भनिए पनि अघि बढ्न सकेको छैन । निर्वाचन आयोग प्रमुख मुक्ति प्रधानले प्रक्रिया मिलाउँदा समय लागेको बताए ।

“चुनावी विधि प्रक्रिया मिलाउँदा समय त लाग्छ नि । विधानमा छलफल भइरहेको छ,” उनी भन्छन् । पार्टीका नेता विशेषको गुटका कारण उमेरहदको विषय उछालिएको आरोप नेताहरूको छ । पुरानालाई पन्छाएर नयाँ पात्र ल्याउन खोजेको उनीहरू बताउँछन् ।  

विवाद समाधान हुने छाँट नदेखिएपछि कार्यालयका नेताहरू अध्यक्ष प्रचण्डसँग छलफलको तयारीमा छन् । उमेरहद हटाउने, सम्मेलन नै स्थगित गर्ने वा खुल्ला निर्वाचन गर्न दिने विकल्पका विषयमा छलफल हुने एक पदाधिकारीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro