site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेक्नोको स्पार्क ३० सी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा टेक्नोले नयाँ स्मार्टफोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। कम्पनीले यो फोन जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको बताएको छ ।

फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ ।

Dabur Nepal
NIC Asia

स्पार्क ३० सीको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १६ हजार ४९० रुपैयाँ र आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १९ हजार ९९० रुपैयाँ रहेको छ ।

फोन गएको सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध भएको कम्पनीले बताएको छ ।

के छन् फिचर
फोनमा ५० एमपीको एचडी प्राइमरी क्यामेरा, ५००० एमएएचको ब्याट्री र १२० हर्ट्ज डिस्प्ले छ । यस्तै, १२ प्लस एक महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

टेक्नो नेपालका नेसनल पार्टनर सन्तोष भण्डारीले स्पार्क ३० सीले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको बताएका छन् ।

टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् ।

यो फोन अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रीन रङमा उपलब्ध छ । टेक्नोले ७० हजारभन्दा बढी देशमा आफ्नो बजार विस्तार भएको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro