site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विपद्‍मा प्रधानमन्त्री, आईजीपी र प्राधिकरणकै प्रमुख देश बाहिर
SkywellSkywell

काठमाडौं । देशभर बाढीले वितण्डा मच्चाउँदा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवर र विपद् व्यवस्थापनका मुख्य जिम्मेवार राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल समेत देश बाहिर थिए ।

मुलुक विपद्मा डुबिरहँदा पनि उनीहरू आफ्नो विदेश भ्रमण छोट्याउँदै फर्किएनन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिका पुगेका थिए ।

१० दिनको भ्रमणपछि ओली सोमबार मात्रै मुलुक फर्किएका छन् । अमेरिकाबाट त्रिभुवन विमानस्थल ओर्लिएलगत्तै प्रधानमन्त्री ओलीले विपद्को घडीमा सबै मिलेर समाधान गर्नुपर्ने धारणाबाहेक राहतको ‘प्याकेज’बारे कुनै कुरा गरेनन् ।

KFC Island Ad
NIC Asia

ओेली फर्किएपछि सोमबार साँझ मन्त्रिपरिष्दको बैठक राख्दै देश शोकमा डुबेको उल्लेख गरी तीन दिन आधा झण्डा झुकाउने र मृतकका परिवारलाई तत्काल दुई लाख राहत दिने निर्णय गरेको छ । 

त्यस्तै सोमबार मात्रै गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न सहसचिवस्तरीय आठ वटा कार्यदल गठन गरेको छ ।

शुक्रबार र शनिवार परेको दुई दिनको अविरल वर्षासँगैको बाढी–पहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भइसकेको छ । अझै २८ जना बेपत्ता छन् । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, १४३ जना घाइते छन् । बाढी र पहिरोमा परेकाहरूको उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकाय खटिएका छन् ।

सहसचिवस्तरीय कार्यदललाई बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाको अध्ययन गर्ने र बाढी प्रभावितलाई राहत उपलब्ध गराउने जिम्मेवारी दिइएको छ ।
 
काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन् ।
 
अझै फर्किका छैनन् सीईओ पोखरेल

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल अझै नेपाल फर्किएका छैनन् । 

उनी घरायसी बिदामा लण्डन उडेका थिए । प्राधिकरणका सहसचिव बसन्त अधिकारीका अनुसार, पोखरेल ११ असोजबाट पाँच दिनको घरायसी विदा लिएर लण्डन जानुभएको हो ।

प्रधानमन्त्री ओली र आईजीपी कुँवर पूर्वनिर्धारित कार्यक्रममा भाग लिन विदेश गएका थिए भने प्राधिकरणमा प्रमुख पोखरेल पूर्वनिर्धारित नभई व्यक्तिगत भ्रमण गएका थिए । अधिकारीले भने, ‘‘उहाँ पाँच दिन बिदामा जानु भएको हो । गृहमन्त्री र सचिवज्यूहरूलाई जानकारी दिएर छोरी भेट्न जानु भएको हो । सकेसम्म आज फर्किने भन्ने कुरा छ ।’’

जल तथा मौसम विज्ञान विभागले ‘अलर्ट’ गराएकै बेला देशभर विपद् र उद्धारका लागि प्रभावकारी बनाउन स्थापित प्राधिकरणकै प्रमुख पोखरेल विदेश हानिएका थिए ।

प्रहरी प्रमुख आईजीपी पनि अझै नेपाल फर्किएका छैनन् । आईजीपी कुँवर असोज ७ गते ग्रीसमा गएका हुन् । ग्रीसको एथेन्समा असोज ८ देखि १० सम्म जारी लागूऔषधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलम भाग लिन ग्रीस पुगेका हुन् ।

आईजीपी कुँवरसँगै लागू औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी दिनेशकुमार आचार्यसमेत ग्रीस उडेका थिए । हाल प्रहरी निमित्त प्रहरी प्रमुखमा एआईजी टेकप्रसाद राई छन् । आईजीपी कुवँर आज (मंगलबार) साँझ मात्रै फर्किने कार्यक्रम छ । धादिङको झ्याप्ले खोलामा आएको पहिरोले बस, माइक्रो बस डुबाउँदा ३५ जनाको शव फेला परेको थियो ।

शुक्रबार साँझ नै गृहमन्त्रालयले रात्री बस सञ्चालनमा रोक लागाउने निणर्य गरेको थियो । तर, धादिङ प्रहरीले यात्रुबस सञ्चालनमा रोक लगाउन नसक्दा पहिरोमा परेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी (सिडीओ) राजेन्द्र पाण्डे र प्रहरी प्रमुख गौतम केसी दुवै जना तानिएका छन् ।

पाण्डेका ठाउँमा गृहमन्त्रालयले सहसचिव सुमन घिमिरेलाई पठाएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले एसपी केसीको ठाउँमा अर्का एसपी दिपेन्द्र शाहीलाई पठाएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, सिडियो पाण्डे र एसपी केसीबीचको टकरावका कारण धादिङको शान्ति सुरक्षामा समेत असर परेको थियो । पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले हाम्रो जस्तो देशमा विपद्मा प्रधानमन्त्री वा कुनै पनि विभागका प्रमुख नहुँदा निणर्य लिन अप्ठ्यारो हुने बताए ।

उनले भने, ‘‘कानुन र सिस्टममा चल्ने राष्ट्रमा प्रधानमन्त्री वा कुनैपनि विभागका प्रमुख विपद्का बेला नहुँदा खासै असर पर्दैन । हरेक काम कानुन र सिस्टमबाटै हुन्छ । तर, हाम्रोमा त्यस्तो छैन । आदेश र निर्देशनमै भर पर्नुपरेको छ । त्यस्तो बेला प्रमुखबाहेक प्रमुखबाहेक अरुले निर्णय लिन सक्दैनन् ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro